उद्योग मन्त्रालयलाई महिला उद्यमीका सुुझाव

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारको माग गर्दै उद्योग मन्त्रालयमा लिखित सुुझाव प्रस्तुत गरेको छ । समितिकी सभापति रिता सिंह नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधबार मन्त्रालयमा भेटी सुुझाव प्रस्तुत गरेको हो ।

सातैवटा प्रदेशका महिला उद्यमी व्यवसायी र महिला उद्यमी समितिबाट विभिन्न मितिमा सञ्चालित कार्यक्रमबाट प्राप्त सुझाव समेटेर तयार पारिएका सुुझावमा सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनर्कर्जा, परियोजना कर्जा, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम, दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योग दर्ता प्रक्रियामा लैजाने, वस्तु बजारीकरणलगायतका विषय समेटिएका छन् ।

सो अवसरमा उद्योग सचिव पोखरेलले महिला उद्यमीका लागि व्यावसायिक महत्वका व्यक्ति (सिआइपी) कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीलाई प्राथमिकता दिने, वित्तीय साक्षरता, सूचनाको पहुँचलगायत अन्य प्रवद्र्धनात्मक कार्यक्रमका लागि महिला उद्यमीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

सचिव पोखरेलले कृषि क्षेत्रको प्रवद्र्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र सोको डिजाइन गर्दा महासंघसँग सहकार्य गरिने जानकारी गराउनुभयो । त्यस्तै स्वदेशी वस्तु प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्रान्ड स्थापित गर्नसमेत उहाँले सुझाव दिएको महासंघले जनाएको छ । सोही दिन महासंघको महिला उद्यमी टोलीले वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयसँग पनि भेट गरी सुझाव प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?