नरेशको अध्यक्षतामा राष्ट्रिय थारू कलाकार प्रतिष्ठान गठन

Read Time = 1 min

काठमाडौं । थारू समुदायका कलाकारले राष्ट्रिय थारू कलाकार प्रतिष्ठान गठन गरेका छन् । काठमाडौंमा भेला गरी नरेश जोगीको अध्यक्षतामा प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिवमा आरके थारू, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी चयन हुनुभएको छ ।

यस्तै प्रतिष्ठानको सदस्यमा निवास थारू, आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राना, रजनीश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेको जनाइएको छ । प्रतिष्ठानले कला क्षेत्रमा क्रियाशील थारू समुदायका कलाकारको हकहितका विषयमा कार्य गर्ने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?