काठमाडौं । थारू समुदायका कलाकारले राष्ट्रिय थारू कलाकार प्रतिष्ठान गठन गरेका छन् । काठमाडौंमा भेला गरी नरेश जोगीको अध्यक्षतामा प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिवमा आरके थारू, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी चयन हुनुभएको छ ।
यस्तै प्रतिष्ठानको सदस्यमा निवास थारू, आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राना, रजनीश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेको जनाइएको छ । प्रतिष्ठानले कला क्षेत्रमा क्रियाशील थारू समुदायका कलाकारको हकहितका विषयमा कार्य गर्ने जनाइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम