क्लिक टु करियर कार्यक्रम सुरु

Read Time = 3 mins

काठमाडौं । आइटी कम्पनी इन्फो डेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीका लागि करियर विकास गर्ने ‘क्लिक टु करियर’ कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमले आइटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टलाई आइटी उद्योगमा आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आइटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ । कार्यक्रमअन्तर्गत इन्फो डेभलपर्सले हालसम्म पाँचभन्दा बढी कलेजमा ‘क्लिक टु करियर’ कार्यक्रम सञ्चालन गरिसकेको छ ।

कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत् अब करिब दुई सय विद्यार्थीलाई विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नेछ । सहभागीलाई आइटी डोमेनका विभिन्न प्रोजेक्टमा संलग्न गराएर प्रशिक्षण दिने र सहभागीलाई मेन्टरिङ तथा मार्गदर्शनसमेत गर्नेछन् । कार्यक्रम संयोजक तथा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत डा. राजीव सुब्बाका अनुसार कार्यक्रमको प्रमुख उद्देश्य कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधामा ६० घण्टाको प्रशिक्षण दिएर कार्यक्षेत्रममा काम गर्ने अनुभव प्रदान गर्नु हो ।

कार्यक्रममा रियाक्ट, भ्यु, एंगुलर, नेड, जाभा, एआई, क्युए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । कार्यक्रममा प्रशिक्षण समाप्तिपछि क्षमताअनुसार सहभागीले रोजगारीको अवसर पनि प्राप्त गर्ने कम्पनीको दाबी छ ।

यसैबीच आइसिटी अवार्डको सातौं संस्करणका लागि नलेज पार्टनरमा प्रेसिडेन्सियल बिजनेस स्कुल आबद्ध भएको छ । कलेजले विगत दुई वर्षदेखि सहकार्य गर्दै आएको छ । सोमबार प्रेसिडेन्सियल बिजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अमेरिकन बिजनेस डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले केही वर्षदेखि आइटी शैक्षिक कार्यक्रमअन्तर्गत बिएससी आइटी, एमएससी आइटी र एमबिए आइटीका कोर्स सञ्चालन गरिरहेको छ । एक दशकभन्दा बढी समयदेखि बिजनेस शैक्षिक कार्यक्रमअन्तर्गत बिबिए र एमबिए सञ्चालन गरिरहेको कलेजले उद्यमशीलतालाई लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसन पनि सञ्चालन गर्र्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?