नगर प्रमुखको सचिवालय संयोजकसहित १२ जना कर्मचारीको भर्ना प्रकृयामा अख्तियारको चासो

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेलसंगै १२ जनाको नियुक्ति प्रकृयाप्रति अख्तियारले चासो राखेको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको नजर परेको हो । पौडेलले शाखा अधिकृतको बराबर तलब लिदै आएको स्रोतको दाबी छ ।

कर्मचारी राख्दा दरबन्दी सिर्जना नगरी राजनैतिक भागवण्डाका आधारमा आफुखुसी राखिने गरेको आरोप लागी रहेको बेलामा अख्तियारले कर्मचारीहरु कुन प्रकृयाबाट राखिएको हो ? राख्न मिल्ने वा नमिल्ने के हो ? सो सम्बन्धमा जवाफ मागेको हो । अख्तियारको अनुसन्धानको क्रममा प्रकृया पुरा नगरी कर्मचारी राखिएको ठहर भए ति कर्मचारीहरुले हाल सम्म खाईपाई आएको पारिश्रमिक बापतको रकम बेरुजु कायम हुनेछ ।

अख्तियारको पत्रको बारेमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा संग जिज्ञासा राख्दा नगरपालिकामा संगठन ब्यवस्थापन (ओ एन एम) तयार नभएका कारण अफ्ठेरो भएको प्रतिकृया दिनुभएको छ । नगरले जनताको काम गर्नका लागि कर्मचारी राखेका बताउदै उहाले नगरमा कर्मचारी कम भएका कारणले कर्मचारीहरु दैनिक ज्यालादारीमा राख्नु परेको बताउनु भयो । अहिले अख्तियर १२ जनाको नाम नै तोकेर पत्र आएको बताउदै उहाले पत्र आएपछि तत् कर्मचारीलाई जानकारी गराइएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?