नक्कली सुराकी बनाएर गृहमन्त्रालयका हाकिमका पत्नीहरुनै कमिशनमा संलग्न छन् : प्रेम सुवाल

Read Time = 2 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिईरहेको आरोप लगाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाउनु भएको हो । उहाँले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्याममा आईरहेको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद सुवालले मिटर व्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरुनै यसको नियन्त्रणमा बाधक देखिएको दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ । तर गृह प्रशासनका हाकिमहरुका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिईरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि ।’

सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?