पहिलो पटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिवबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

प्रशिक्षणमा विभिन्न १२ खेलका ३३ स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको हाइ पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले जनाउनुभएको छ । सहभागीलाई रिता प्रजापतिले स्ट्रेन्थ एण्ड कण्डीसनिङ, सुलोचना सिजाख्वाले साइकोलोजी, हीरा पन्तले ट्रनिङ मेथड, डा.ज्ञानेन्द्र शाहले स्पोर्ट्स मेडिसिन र एन्टी डोपिङ तथा हिमालराज दाहालले डिटीपी र एज ग्रुप ट्रनिङसम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले स्वयंसेवक प्रशिक्षकलाई पनि राखेपले अन्य प्रशिक्षक झै उत्तिकै महत्व दिने गरेको महसुस गराउन पहिलो पटक तालिम आयोजना गरिएको बताउँदै खेलाडी उत्पादनमा स्वयंसेवक प्रशिक्षकको पनि ठूलो योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले स्वयंसेवक प्रशिक्षकलाई पनि अवसर दिनु तालिमको उद्देश्य रहेको बताउँदै स्वयंसेवक प्रशिक्षकको स्तरवृद्धिमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?