काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा नेपाल भलिबल संघले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मे २० देखि २९ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराउनुभयो । नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिनेछन् ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले लोगो सार्वजनिक गर्नुभयो । सो अवसरमा सदस्य-सचिव घिसिङले प्रतियोगिताका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराउदै कभर्डहल मर्मतको सम्पूर्ण खर्च पनि राखेपले व्यवस्थापन गर्ने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच