ड्यानीले छाडे चेल्सी

Read Time = 1 min

लन्डन । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिन्कवाटरले क्लब छोड्नुभएको छ । चेल्सीले एक विज्ञप्ति निकाल्दै इंग्लिस मिडफिल्डर ड्रिन्कवाटरले क्लब छाडेको जनाएको हो । ३२ वर्षीय मिडफिल्डर पछिल्लो समय चेल्सीको टोलीमा पर्न असफल हुँदै आइरहनुभएको छ ।

ड्रिन्कवाटरले गत सिजन रिडिङबाट ऋणमा खेल्नुभएको थियो । ड्रिन्कवाटर २०१७ मा लेस्टरबाट चेल्सी आउनुभएको थियो । यस्तै चेल्सीले डिफेन्डर आन्द्रेस क्रिस्टिनसनले समेत क्लब छाडेको जनाएको छ । २६ वर्षीय डेनमार्कका डिफेन्डर क्रिस्टिनसनले १० वर्ष चेल्सीमा बिताएर क्लब छोड्नुभएको हो ।

यस्तै फ्रेन्च फरवार्ड एलेसान्द्रे लाकाजेटलेलाई फ्रेन्च क्लब लियोनले अनुबन्धित गरेको छ । लियोनले शुक्रबार लाकाजेटलाई अनुबन्धित गरिएको जनाएको छ । लाकाजेटले लियोनसँग तीन वर्षको सम्झौता गर्नुभएको हो । उहाँ २०२५ सम्म लियोनमा रहनुहुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?