टिजरमा आयो ‘काँडेतार’

Read Time = 2 mins

काठमाडौं । नवल खड्काको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । नेपाल र भारतको सीमा विवादको मुद्दालाई चलचित्रले उठाएको टिजरले देखाउँछ । टिजर १ मिनेट १२ सेकेण्ड लम्बाइमा सकाइएको छ ।

साउथ शैलीमा तयार पारिएको टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत छन् । नवल स्वयंको निर्माण तथा लेखन रहेको यो चलचित्रमा उहाँसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको गीतमा कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको छ ।

मणि थापा र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन सौरभ लामाले गर्नुभएको छ । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवल खड्कासँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा हुनुहुन्छ भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा चर्चित गायिका सत्यकला राई हुनुहुन्छ । चलचित्रको प्रदर्शन मिति घोषणा गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?