यस्तो छ तपाईंको जेठ २९ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल जेठ २९ गते आइतबार, ई.सं.-१२ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष त्रयोदशी, नक्षत्र- विशाखा, योग- शिव, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः०९, सूर्यास्तः १८ः५८ ।

मेष : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?