बलात्कारको मुद्दा लागेका क्रिस्टियानो रोनाल्डोलाई मिल्यो राहत

Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको मुद्दा लागेको थियो ।
उनीमाथि लागेको बलात्कारको मुद्दा अदालतले भने खारेज गरिदिएको छ ।

सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो ।

यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए । रोनाल्डोमाथि आरोप लगाउने उक्त युवती सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि अरु रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?