स्टेन्डिङ क्रिकेटमा नेपालको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले भारतलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई एक विकेटले हराएको हो । अन्तिम खेलमा जित निकालेपछि नेपालले तीन खेलको सिरिज दुई-एकले आफ्नो पक्षमा पार्‍यो । नेपाल हिृवलचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिजअन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो ।

आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई ७७ रनले हराएको थियो । सोमबार भारतले दिएको ९१ रनको लक्ष्य नेपालले १९ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि डम्बरबहादुर राना मगरले २३ रन जोड्नुभएको थियो । ३५ बलमा उहाँले एक चौका प्रहार गर्नुभयो ।

यस्तै कुञ्जबिहारी चौधरीले २० रन जोड्नुभयो । २८ बलमा उहाँले एक चौका प्रहार गर्नुभएको थियो । त्यसबाहेक छविलाल धोबीले १०, मनोज थापाले आठ र बालकृष्ण गिरीले तीन तथा सुमन बरालले एक रन जोड्नुभयो । विवेक शर्मा, रामप्रसाद खरेल, प्रदीप रिजाल, टवराज आलाम र राहुलकुमार कोइरीले भने कुनै रन जोड्न सक्नुभएन । नेपालले अतिरिक्तमार्फत् २२ रन पाएको थियो ।

भारतका अरुण गिरी र सायद शाह अजिजले तीन/तीन विकेट लिनुभयो । अरुणले चार ओभरमा १९ रन खर्चनुभयो । यस्तै सहिदले चार ओभरमा एक ओभर मेडन राख्दै १० रनमात्रै दिनुभयो । त्यसबाहेक अमित कुमार र नेमी चन्द्रले एक-एक विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १८ ओभर चार बलमा अलआउट हुँदै ९० रन जोडेको थियो । भारतका अरुण गिरी र जामिर पाथनले समान १७/१७ रन जोड्नुभयो । अरुणले १७ बलमा एक चौका प्रहार गर्नुभएको थियो । सायद शाह अजिजले १३ बलमा एक चौकासहित १२ रन थप्नुभएको थियो ।

त्यसबाहेक भारतका रिजेल वाइला चार, नामी चन्द्रा तीन, नाफिज सिद्धिकीले दुई तथा जोर्गन सिंह र रञ्जित गुज्जरले एक-एक विकेट लिनुभयो । नेपालले अतिरिक्तमार्फत् २३ रन खर्चिएको थियो । त्यसमा १८ वाइड, दुई नोबल, दुई लेगबाई थिए ।

नेपालका सुमन बरालले चार तथा राहुल कुमारले दुई विकेट लिनुभयो । उत्कृष्ट बलिङ गर्नुभएका सुमनले ३.४ ओभरमा २५ रनमात्रै खर्चनुभयो । यस्तै राहुलले चार ओभरमा १५ रनमात्रै खर्चेर दुई विकेट लिनुभयो । टेबलराज आलमले तीन ओभरमा १० रन खर्चिएर एक विकेट लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?