काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) सम्झौताको प्रस्ताव नआएको बताउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपिपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बद्नाम गर्न खोजिएको आरोप लगाउनुभयो ।
‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा सरासर गलत हो, झुठा हो । सरकारलाई बद्नाम गराउने एउटा खेल मात्र हो,’ उहाँले भन्नुभयो ।
अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उहाँले जबरजस्ती कुनै पनि सेना अर्को देशमा प्रवेश गर्न नसक्ने बताउनुभयो ।
एसपिपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने कांग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच