स्किब्स बास्केटबलमा ५२ टिम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्किब्स स्कुलको आयोजनामा छैटौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर/जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८-८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन् ।

स्टाफको विधा पहिलोपटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतीले बताउनुभयो । यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन ।

पत्रकार सम्मेलनमा स्किब्सका इसिए को-ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को-ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । तीनदिने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित आफ्नै कोर्टमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?