एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।

गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो ।

एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ ।

एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?