‘द टेष्ट अफ हिमालयन’ नामक पुस्तक बजारमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत तयार पारिएको पाककलासम्बन्धी (कुकबुक) ‘द टेष्ट अफ हिमालयन’ नामक पुस्तक बजारमा आएको छ । नेपाली भूमिमा उम्रने परम्परागत खाद्य वस्तुसमेतको उपयोगमार्फत खानालाई विश्व व्यापीकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता फुडगुरु सुरेशचन्द्र बस्नेतले परम्परागत नेपाली संस्कृतिमा आधारित रहेका नेपाली खानाहरू बनाउने तरिकाहरू ‘द टेष्ट अफ हिमालयन’ मा समेटिएका छन् ।

नेपाली खानाको ब्राण्ड पस्किन अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई नेपालभित्रै पनि नेपाली खानाको प्रवद्र्धन गर्नका लागि नेपाली परिकारहरूको स्वाद सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराई, पहाड र हिमाली क्षेत्रका घरमै प्रयोग हुने मसलाबाट परिकारहरू बनाउने तरिकालाई बस्नेतले पुस्तकमा समावेश गर्नु भएको छ ।

लेखक बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एसोसिएसन अफ नेपालको अध्यक्ष हुनुहुन्छ । विगत तीन दशकदेखि पाककलामा रचनात्मक शैलीमार्फत उहाँ दर्जनौं विभिन्न होटल, रेस्टुरेण्ट एवं शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकास र विस्तारमा हुनुहुन्छ ।

गुणस्तरीय खाना, लोकल संस्कृतिबीचको सम्बन्धको अध्ययन, राष्ट्रिय-अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामूलक तथा सामाजिक संघसंस्थामार्फत राष्ट्र विकास, पर्यटन र प्रबद्र्धन गर्दै आउनु भएको छ । बस्नेत सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान, रैथाने बाली संरक्षणमा पनि संलग्न हुनुहुन्छ । मसला प्रयोग गरी नयाँनयाँ खानाको प्रचारप्रसार गरी नेपाललाई विश्व बजारसामु चिनाउन तथा ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको उच्च योगदान रहँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?