नारायणगढ-मुग्लिन खण्डमा पहिरो खस्ने क्रम जारी, सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार साँझदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिरो पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजोदेखि यातायाता सुचारु गराउन नसकिएको हो ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिरो रोकिने बितिक्कै मेशिन लगेर पहिरो पन्छाउने योजनामा प्रहरी रहेको जनाइएको छ ।

हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?