सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेको छैन : उम्मेदवार सिंह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताउनुभएको छ ।

आईतवार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताउनु भयो ।

उहाँले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्नेकुरा सरासर गलत हो । यो कुरा हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ, उहाँ नआइकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ । हामीले वचन दिएका छैनाैँ । हामी भन्दा कम ल्याउने त सभापतिमा अटेको छ भने यी ठूला पार्टीले रविजीको पार्टीलाई पनि दिनु पर्दथ्यो । सौताको छोरो जस्तो छुट्याउनु हुँदैन थियो ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतमिा नसमेटेकोप्रति असन्तुष्टि जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?