धनगढीमा नक्कली नोट छाप्ने दुई जना पक्राउ

Read Time = 2 mins

गोविन्द बीसी/टीकापुर

कैलालीमा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । नक्कली नोट छाप्ने मेसिनसहित २ जना धनगढीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रामदास राना र वडा नम्बर ३ का १८ वर्षीय अनुराग राना रहेका छन् । उनीहरूलाई बुधबार साँझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रानाले चलाएको लु ८५ प ५१८४ को मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाल घाइते भई माया मेट्रो अस्पतालबाट उपचार गराई डिस्चार्ज भएका अनुराग रानाले नक्कली १००० को नोट अस्पताललाई दिएपछि अस्पतालले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय धनगढीको टोलीले अनुरागलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त नक्कली नोट मामा नातापर्ने रामदासले छाप्ने गरेको बताएपछि प्रहरीले बि युनिक फोटो स्टुडियोबाट मेसिनसहित रामदासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरेको छ । संलग्न दुबैजनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?