जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

टीकापुर । हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको मृत्युभएको छ । मृत्युहुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंक सोडारी रहनुभएको छ ।

शनिबार साँझ उहाँलाई कर्णाली नदी किनारमा दुईवटा जंगली हात्तीले आक्रमण गरेका थिए। उहाँको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरू हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ, ’ नायव उपरीक्षक शाहीले भन्नुभयो, ‘उनीहरूले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुई घण्टापछि मृत अवस्थामा भेटिनुभयो।’

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुंगा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रहरीको भनाइ छ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?