रुपन्देही । लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पापाएको छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो।
चौथो मुख्यमन्त्री बनेका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि उहाँ ४८ जना सभासदको सहमतीमा मुख्यमन्त्री बन्नुभएकाे हाे। यसअघि लुम्बिनीमा तीनवटा सरकार बनेका छन्। २०७४ को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएकाे थियाे। एमाले र माओवादी एकीकृत भई नेकपा भएका बनेको उाँको सरकार पार्टी विभाजनसँगै २०७८ साउन २७ गतेसम्म ढलेको थियो। त्यसलगत्तै साउन २८ गते कांग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
मुख्यमन्त्री केसीले २०७९ पुससम्म सरकारको नेतृत्व गरे। निर्वाचन भएपछि ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता लिला गिरी २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भए। उहाँलाई माओवादी केन्द्रसहितका दलको समर्थन थियो।
संघीय राजनीतिमा भएको गठबन्धन परिवर्तनपछि लिला गिरीको सरकार ०८० वैशाखमा ढल्यो। कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी ०८० वैशाख १४ गते माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभयाे। वैशाखमा मुख्यमन्त्री बन्नुभएका चौधरीको सरकार एक वर्ष नपुग्दै ढलेको हो।
लुम्बिनीमा पाँचौं मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनेछन्। एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन उहाँलाई रहेको छ। यी दलले संयुक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
काे हुन् नयाँ मुख्यमन्त्रीे जोख बहादुर महरा ?
१) नाम – जोख बहादुर महरा (प्रताप)
२) पारिवारिक स्थिति – बिबाहित श्रीमती, छोराहरु ४ भाई
बुवाको नाम – खल बहादुर महरा (दिवंगत)
आमाको नाम – रमिता महरा
३) जन्म मिति – २०२० कार्तिक १ गते
४) ठेगाना – जन्मस्थान साविक गजुल –२ रोल्पा, सुनिलस्मृति–५ गजुल काट्रने रोल्पा
५) राष्ट्रियता – नेपाली
६) भाषा – मातृभाषा नेपाली, बोल्ने र बुझ्ने – अग्रेजी र हिन्दी
७) शिक्षा– एस.एल.सि., (श्री जनज्योति मावि जगुल रोल्पा) प्रमाणपत्र तह, राजनितिशात्र÷अर्थशात्र,संस्कृति,महेन्द्र बहुमुखि क्याम्पस दाङ., स्नातक तह, , राजनितिशात्र÷अर्थशात्र,महेन्द्र बहुमुखि क्याम्पस दाङ
८) पेशा – राजनीति
९) अनुभवः–
वि.स २०३७ साल देखि २०३९ सम्म प्रावि शिक्षक,वि.स २०४४ देखि २०५० साल सम्म मावि शिक्षक
बि.सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश ।
वि.स. २०४२ सालमा अ.ने.रा.स्व.वि.यु.को दाङको सचिव
वि.स २०४२ सालमा नेकपा मशालको पार्टी सदस्य
वि.स २०४३ सालमा अ.ने.रा.स्व.वि.यु.को केन्द्रीय सदस्य
वि.स २०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य
वि.स २०५० साल देखि पार्टीमा पूर्ण कालिन कार्यकर्ता
वि.स. २०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी
वि.स. २०५४ सालमा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य
वि.स २०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी
वि.स २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य
वि.स २०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य
वि.स. २०७४ सालमा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव
वि.स २०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष क. प्रचण्डको प्रमुख स्वकीय सचिव
वि.स. २०७२ देखि २०७८ सम्म अध्यक्ष क.प्रचण्डको प्रमुख स्वकीय सचिव
हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य । रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१को बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच