बालबालिकाहरूमा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल “प्याइप्सन” र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।

२०७९ असार ४ गते, शनिबारका दिन ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यक्रम आयोजना भएको हो ।

एलर्जी एक रोग हो र यसले गर्दा मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ भन्ने जनचेतना सर्वसाधारण र स्वास्थ्यकर्मीहरुमा न्युन भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले एलर्जी सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।

एलर्जी शरिरका बिभिन्न अगंमा हुनसक्छ जस्तै नाक कान घाँटी, फोक्सो, पेट, आँखा आदी । सहि उपचार नपाए बिरामीको जीवन कस्टकर मात्र नभै कडा भएका कारण मृत्युसमेत हुनसक्ने विज्ञहरूमा अनुभव छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो , प्याइप्सनका अध्यक्ष डा. महेशकुमार गौतम, मेडिसिटी अस्पताल बोर्डका सल्लाहकार नविन कुमार, क्लिनिकल सर्भिसेज र एडुकेसनका प्रमुख डा. नीलमणी उपाध्याय , नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. तोरण केसी लगायतको मुख्य उपस्थितीमा आयोजना गरिएको कार्यक्रम भौतिक रुपमा र अनलाईन दुवै रुपमा सञ्चालन भएको छ । कार्यक्रममा अमेरिकाका एलर्जी विशेषज्ञ डा. पी.के वेदान्तन र डा. विनय मेहताले अनलाईन प्रस्तुति छ भने भारतका प्रसिद्ध नाक, कान, घाँटी रोग विशेषज्ञ तथा एलर्जी विशेषज्ञ र बालरोग विषेशज्ञ लगायतको उपस्थिती कार्यक्रममा रहेको छ ।

बालबालिकाहरूमा समयमानै एलर्जीको पहिचान र त्यसको उपचारका विषयमा मूख्यत केन्द्रित रहेकोे यस कार्यक्रमले नेपालको मात्र नभइ भारत र अन्य मुलुकहरुको अवस्थाबारे समेत बुझ्ने अवसर गरेको छ । यस सम्मेलनमा देशभरका विभिन्न स्थानका करिब एक सय डाक्टरहरूको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?