राप्रपाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाको कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ ।

सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराईन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनु परेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनु भयो । उहाँले अनाआवश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घटन सक्ने स्पष्ट पार्नु भयो ।

गएरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९, डिजेलमा १९२ मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा सर्वसाधारण समेत उत्रिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?