वर्षको वेष्ट कोरियोग्राफर अवार्ड रसाललाई

Read Time = 2 mins

काठमाडौं । नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा यस वर्षको वेष्ट कोरियोग्राफरको अवार्ड कृष्ण रसाललाई प्रदान गरिएको छ । प्रथम उपराष्ट्रपति परमानन्द झा र कलाकार धीरेन शाक्यले रसाललाई तेस्रो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्डमा अवार्डको ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

राजधानीमा सम्पन्न भएको अवार्ड समारोहमा गीतसंगीततर्फ ४१ र फेसनतर्फ आठ गरेर ४९ विधामा विधामा अवार्ड प्रदान गरिएको थियो । वरिष्ठ गायक सीताराम पोखरेल, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, गीतकार डब्बु क्षत्री र ध्वानि सम्पादक मनोज परियार अवार्डको जुरीमा रहनुभएको थियो ।

पूर्वउपराष्ट्रपति परमानन्द झा, कलाकार मोहन निरौला, निर्माता वितरक गोपाल कायस्थ, कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले अवार्ड तथा सम्मान वितरण गर्नुभएको थियो । अवार्ड स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्वारा आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?