सामाजिक संघ, संस्थाहरुले निःश्वार्थ सेवाभावका साथ काम गर्नु पर्दछः सभामुख घिमिरे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्नु भएको छ ।

सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो । फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसावले समुन्नत रहेको पनि स्मरण गराउनुभयो । समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताउनु भयो ।

उहाँले भन्नु भयो, समाज सेवा भन्दाखेरी समाज एउटा शब्द भो, सेवा अर्को शब्द भो । तर वास्तवमा समाजको सेवा गर्ने कुरा समय, काल, परिस्थिति, विषय हरेक हिसावले यसका परिभाषा त हुन्छन । तर मेरो बुझाईमा यो ज्यादै महान कुरा हो । महत्वपूर्ण कुरा हो । र, यसमा योगदान गर्ने कुराहरु निःश्वार्थ ढंगले नै गरिएको हुन्छ । र, त्यसमा कुनै पनि स्वार्थहरु राखेर आफ्ना नाम कमाउँछ, एउटा क्षेत्रमा केही योगदानहरु गर्छु भन्ने खालका अलि ठूलै त्यसका स्वार्थहरु होलान । त्यो भन्दा पनि समाजलाई सोचेको ठाउँमा कसरी लैजान सकिन्छ ? यसको बारेमा सोच्ने र त्यसमा विभिन्न क्षेत्रको भूमिकाहरु के हुन सक्छ ? क–कसले कस्तो–कस्तो भूमिका निर्वाह गरेर मात्रै समुन्नत बनाउन सकिन्छ ? यसको बारेमा बहस, छलफल गर्नु आफैंमा महत्वपूर्ण कुरा हो भने त्यसले निकालेका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने कुरा अझै ठूलो हो । मलाई के लाग्छ भने नेपाल हामी भौतिक रुपबाट अभाव, गरिवी, कतिपय मानेमा पछौटेपन, दरिद्रता वा समस्या भित्र हामी गुज्रिरहेका छौं । तर हामी त्यस्तो हुनुपर्ने मुलुक होइनौं । जातिको हिसावले हे¥यौं भने पनि हामी समुन्नत जाति भित्र पर्छौं । हाम्रा पुर्खाहरुको इतिहासलाई हे¥यौं भने पनि उनीहरुले गरेका योगदान वास्तवमा सिंगो मानव जातिलाई आधुनिक भन्दा आधुनिक ठाउँमा लैजाने विचार त्यतिबेलै उत्पत्ति भएका थिए । अर्को ढंगले भन्ने हो भने हामी एकअर्कालाई सम्मान गर्ने, श्रद्धा गर्ने, सानाले ठूलालाई, योग्यले अयोग्यलाई, सक्षमले असक्षमलाई सहयोग गर्ने कुराहरुको हिसावले, भाषाको हिसावले विविध भाषाहरु । योसँगसँगै हाम्रा संस्कारहरु भएको, संस्कृतिहरु भएको, त्यही रुपका कलाहरु भएको, मान्यताहरु भएको, एउटा यस्तो जातिको सम्मिश्रण फूलबारीको रुपबाट हामी नेपालीहरु छौं । अव भूगोलको हिसावबाट भन्ने हो भने, हावापानीको हिसावबाट भन्ने हो भने, हाम्रा कला र साहित्यको हिसावबाट भन्ने हो भने, हाम्रो वीरता र संस्कारका इतिहास भन्नुस । अथवा धर्मको इतिहास भन्नुस । विभिन्न जातजातिका आ–आफ्ना धर्म, भाषा, संस्कृति, एकले अर्कालाई साथ, सहयोग गर्दै आएको मुलुक, एउटा समुन्नत मुलुक हो । र, विश्वमा यस्ता मुलुकहरु सायद कमै छन । तर यसलाई हामीले त्यसरुपबाट विकास गर्न सकिरहेका छैनौं । त्यस रुपबाट भएको चिजको प्रचार गर्न सकिरहेका छैनौं । र, त्यसलाई प्रचार गरेर उपयोग गर्ने कुराहरुमा हामीले कामहरु गर्न सकिरहेका छैनौं । त्यो काम गर्नका लागि सामाजिक संघ, संस्थाहरु, गैर सरकारी संस्थाहरुको माध्यमबाट यी कामहरु गर्न निःश्वार्थ ढंगबाट लाग्ने संघ, संस्थाहरुको योगदान महत्वपूर्ण रहेको छ ।

सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताउनु भयो । उहाँले भौगोलिक हिसावले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदूपयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?