गुल्मीको खर्ज्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना 

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-५ खर्ज्याङ्गमा १५ शैयाको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको छ । बिशेषज्ञ डाक्टरको सेवा सुविधासहित स्थापना भएको यस हस्पिटलको उद्घाटन यही पुस १४ गते हुने सञ्चालक सराेज पाण्डेले बताउनुभयो ।

पत्रकार सम्मेलनमार्फत् यस हस्पिटलको सम्पूर्ण सेवा सुविधाको बारेमा जानकारी गराउँदै सञ्चालक समितिले उद्घाटन पश्चात् सम्पूर्ण सेवा शुभारम्भ हुने जनाएको छ । गुल्मीको छत्रकाेट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका, अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख भन्दा बढी लक्षित जनसंख्या रहेको छ ।

“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाको संयुक्त लगानीमा यस हस्पिटल सञ्चालन गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताउनुभयो ।

३९७ जना नागरिकको शेयर लगानी गरेको पब्लिक हेल्थ लिमिटेड र १३५ जना शेयर सदस्यको लगानी रहेको लुम्बिनी मेडिकल कलेज लिमिटेडको लगानी रहेको छ । आगामी दिनमा यस अस्पताललाई स्तरोन्नति गरी बिशेषज्ञ सेवासहित प्राविधिक शिक्षालय सञ्चालन गर्ने दीर्घकालिन लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उद्घाटनको दिन बिशेषज्ञ शिविर समेत आयोजना गरिएको छ । त्यस दिन हाड जोर्नि तथा नसारोग बिशेषज्ञ, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, पेट तथा छाति रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्वारा सेवा प्रवाह गर्ने तयारी रहेको सञ्चालक पाण्डेले बताउनुभयो ।

हालसम्म सात करोड लगानी भइसकेको यो हस्पिटल पूर्ण रुपमा उपकरणसहित सम्पन्न हुँदा १० करोड लगानी लाग्नेछ । पहाडि भेगमा सञ्चालन हुन लागेको यस हस्पिटलले यस क्षेत्रको गुणस्तरीय स्वास्थ्य सेवा साथै यस क्षेत्रको समग्र विकासमा समेत टेवा पुर्याउने विश्वास लिएको समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?