काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।
मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ ।
प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच