काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको छ । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित हुनुभएको थियो ।
शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा ८ च ६१७ नम्बरको टोयोटा फर्चुनर गाडि फिर्ता गर्नुभएको हो ।
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाउनु भएको थियो ।
अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गर्नुभएको हो ।
चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्बाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेम्बाङ पक्षले बहुमत प्राप्त गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको