राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको बताउनु भएको छ ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उहाँले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स-साना कुरामा परिवर्तन गर्न आएको बताउनु भयो । उहाँले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताउनुभयो ।

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो, ‘मलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि म बल्ल राजनीतिमा आएको छु ।’

उहाँले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गर्नुभयो । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताउनुभयो । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गर्नुभयो ।

उहाँले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गर्नुभयो । लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?