विषालु च्याउ खाँदा बागलुङमा पाहुना सहित चार बिरामी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खादा चार जना बिरामी परेका छन् । विषालु च्याउ खादा ताराखोला गाउँपालिका वडा नम्बर ५ माटेबिसौनाका एकै घरका मन कुमारी घर्ती, गम बहादुर घर्ती, दम बहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् ।

घाइतेहरुको गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी परेपछि बुधबार बिहान ३ बजे उपचारको लागि हटिया ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?