यु–२० टोली शुक्रवार भारत जाने

Read Time = 4 mins

काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रवार भारततर्फ लाग्नेछ ।
देशभरबाट खुला प्रतिष्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ । सोही कारण कडा मिहेनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गर्नुभएको छ ।

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको हो । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाइसकेका छन् । ललितपुर स्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको लक्ष्यसहित अभ्यासलाई तीब्रता दिइरहेका हुन् । मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ । खेलाडी छनोट देखी प्रारम्भिक टोली निमार्णका लागि मिहिनते गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यसाबाट आफु सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताउनु भयो ।

प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु–२० समूहलाई सहयोगी टोली खुला प्रतिष्पर्धाबाट लिएको थियो । छनोट हुँदा केही शहीद स्मारक ए डिभिजन लिग खेलेका अनुभवि खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरुको संयोजन भएको छ । बनेको टोलीलाई साफ यु–२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनुपर्ने बाध्यता अहिलेको अवस्था रहेको छ । नेपाली टोलीका सदस्य तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट भएको बताउनु भयो । यस्तै सुनसरीबाट यु–२० टोलीमा अटाएका अमर श्रेष्ठले अभ्यास राम्रो भएको बताउँदै प्रतियोगिताको सहभागिता राम्रो हुने बताउनु भयो ।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?