काठमाडौं । नेपाल बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको शृंखला नेपालले २-० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २०-० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोस्रो हाफमा १०-१० स्कोर खान पुगेको थियो । बंगलादेशले खेलमा कुल चारवटा ट्राइ हान्न सफल भयो ।
प्रत्येक ट्राइ (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) बाट पाँच स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले एक- एक ट्राइ गर्नुभएको थियो । दोस्रो खेलमा नेपाल १९-० ले पछि पर्यो । पहिलो खेलको तुलनामा खेलाडीहरूले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले सात, अनवर जमानले सात तथा ओबेडुर रहमानले पाँच स्कोर गर्नुभयो । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।
उहाँले खेलमा पराजय भोगे पनि खेलाडीहरूले राम्रो मिहिनेत गरेको बताउनुभयो । क्षेत्रीले भन्नुभयो, ‘काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।’
पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो । चार खेलाडीहरूले रग्बी सातमा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गर्नुभएको छ । पुजन सुरुवाती सात खेलाडीमा पर्नुभयो भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गर्नुभएको थियो । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाउनुभयो । उहाँ कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
नेपाली टोलीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, विक्रम पुरी, हुतराज प्रधान, झुकेन राई, पुजन फेवाली, रामकिशोर चौधरी, शेरबहादुर ओली, विवेश वासु, सुरज चौधरी र निरोज कार्की हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच