कतार विश्वकप: एक टिममा २६ खेलाडी

Read Time = 1 min

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ ।

अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।

यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएका छ । जसमा टिम डाक्टरलाई अनिवार्य गरिएको छ ।

२० अक्टोबरदेखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ । विश्वकपको उद्घाटन खेलमा अफ्रिकन टोली सेनेगल र युरोपेली देश नेदरल्यान्ड्स भिड्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?