धर्मसंस्कार, संस्कृति, रीतिरिवाज र परम्पराको ‘वार्षिक पर्वमाला’

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ गीता अधिकारी

विभिन्न पत्रपत्रिकामा लेख, कविताका साथै ‘विशद् चिन्तन’ २०७५, ‘भजनसुधा’ २०७६ र ‘वार्षिक पर्व’ २०७८ पाठकमाझ पस्किनु भएको स्रष्टा पं.हरिहर पोखरेलको नवीनतम कृति ‘वार्षिक पर्वमाला’ पाठकमाझ आएको छ । लामो समयदेखि शिक्षण सेवामा आबद्ध रही सञ्चार र समाजसेवाका क्षेत्रमा पनि क्रियाशील रहँदै आउनुभएका पोखरेलले यो कृतिमा हाम्रो सनातन हिन्दू संस्कारमा रहेका विभिन्न पर्वहरूका ७३ वटा थुँगा यस मालामा उन्नुभएको छ । हामीले हाम्रा संस्कार र संस्कृति भुल्दै गएको अवस्थामा स्रष्टा पोखरेलको यो कृति निकै उपयोगी हुने देखिन्छ ।

परम्परादेखि सौर्य र चन्द्रमानअनुसार वर्षभरि मनाउँदै आइएका महत्वपूर्ण चाडपर्वका सम्बन्धमा बुझ्न चाहने जिज्ञासुलाई उपयोग हुने गरी यो पुस्तक प्रकाशनमा ल्याउनुभएको हो । वर्तमान व्यस्त जीवनशैलीका कारण नितान्त गर्नैपर्ने कर्ममा पनि हामीले कन्जुस्याइँ गर्दै गइरहेको अवस्थामा हाम्रो संस्कार, संस्कृति र परम्पराको गरिमालाई यस पुस्तकले उजागर गरेको छ ।

स्रष्टा पोखरेलले यस पुस्तकमा नव वर्ष तथा मेष संक्रान्ति एवं बिस्काजात्रा, माथा तीर्थ औंसी, अक्षय तृतीया परशुराम जयन्ती, आद्यगुरु शंकराचार्य जयन्ती (वैशाखशुक्ल पञ्चमी), गंगा सप्तमी, सीता नवमी (सीता जयन्ती), नृसिंह चतुर्दशी, बुद्ध जयन्ती (वैशाखशुक्ल पूर्णीमा), उभौली पर्व र वैशाखशुक्ल पूर्णीमा, गोरखनाथ (गोरक्षा) जयन्ती, कुर्म जयन्ती र वैशाखशुक्ल पूर्णिमा, शनिजयन्ती एवं जेष्ठकृष्ण अमावश्या, जेष्ठकृष्ण आवश्या (वट सावित्री व्रतम्), जेष्ठशुक्ल षष्ठी कुमार षष्ठी एवं सिठी नखः, जेष्ठशुक्ल दशमी गंगा दशाहरा, निर्जला एकादशी, जेष्ठशुक्ल पूर्णिमा गोठपूजा एवं कूलायन पूजा, हरिशयनी/अषाढशुक्ल एकादशी एवं तुलसी पूजनको महिमा, आषाढशुक्ल पूर्णिमा गुरुपूजा एवं व्यास जयन्ती, साउने संक्रान्ति (कर्कट संक्रान्ति), श्रवणकृष्ण चतुर्दशी घण्टाकर्ण चतुर्दशी (कठेमंगल) पर्व, नाग पञ्चमी (श्रावणशुक्ल पञ्चमी), श्रावणशुक्ल षष्ठी (वराह षष्ठी), श्रावणशुक्ल पूर्णिमा ऋषितर्पणी रक्षावन्धन एवं जनैपूर्णिमा, व्याँजानकेगु पुनी एवं गंपुनी पर्व श्रावणशुक्ल पूर्णीमा, श्रीकृष्ण जन्माष्टमी जस्ता शीर्षकमा हाम्रा चाड पर्व, संस्कार र संस्कृतिका कुराहरू समावेश गर्नुभएको छ ।

यसैगरी भाद्रकृष्ण औंसी (कुशे औंसी एवं पितृसम्मान दिवस), तीज व्रतको लागि दरखाने परम्परा, हरितालिका व्रत र यसको गरिमा, भाद्र शुक्ल चौथी (गणेश चौथी), ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमी, वामन द्वादशी (भाद्रशुक्ल द्वादशी), इन्द्र जात्रा, अनन्त चतुर्दशी (भाद्रशुक्ल चतुर्दशी), पितृपक्ष र श्राद्धको महिमा, शक्ति साधनाको पर्व नवरात्र, नवरात्राको दोस्रो दिन ब्रहृमचारिणी देवीको उपसना, नवरात्रको तेस्रोदिन चन्द्रघण्टा देवीको उपासना, नवरात्रको चौथो दिन कुष्माण्डादेवीको उपासना, नवरात्राको पाँचौँ दिन स्कन्दमाता देवीको उपासना, नवरात्राको छैटौं दिन कात्यायनी देवीको उपसाना, नवरात्राको सातौं दिन कालरात्री देवी उपासना एवं फूलपाति पर्व, नवरात्राको आठौं दिन (महाअष्टमी पर्व) एवं महागौरी देवी उपासना, नवरात्राको नवौं दिन (महानवमी पर्व) एवं सिद्धिदातृदेवी उपासना, विजया दशमी (बडा दशैँ) आश्विन शुक्ल दूर्गापक्ष दशमी, श्री, धी, कर्म एवं शक्तिस्वरुपा दूर्गा सप्तशति, आश्विनशुक्ल पूर्णिमा कोजाग्रत पूर्णिमा, कार्तिक कृष्ण द्वादशी अर्थात् गोवत्स द्वादशी महिमा, यम पञ्चकका पाँच दिन (उज्यालो पर्व), यमपञ्चकको पहिलो दिन काग तिहार, यमपञ्चकको दोस्रो दिन यम दीपदान र कुकुर तिहार, यमपञ्चकको तेस्रो दिन गाई तिहार एवं लक्ष्मी पूजा, यमपञ्चकको चौथो दिन गोरु तिहार एवं गोबर्धन पूजा, म्हपूजा वा आत्मपूजा एक चिनारी, यमपञ्चकको पाँचौ दिन कार्तिकशुक्ल द्वितीया अर्थात् भाइटीका जस्ता शीर्षकमा हाम्रा चाड पर्व, संस्कार र संस्कृतिका कुराहरू समावेश गर्नुभएको छ ।

त्यसैगरी छठ पर्व र यसको गरीमा, कार्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी), कार्तिकशुक्ल एकादशी तथा तुलसी पूजा, (हरिबोधनी एकादशी), मार्गशुक्ल चतुर्दशी बालाचतुर्दशी, मार्गशुक्ल पञ्चमी (विवाह पञ्चमी), मार्गशुक्ल पूर्णिमा (धान्य पूर्णिमा), पौष शुक्ल पूर्णिमा एवं स्वस्थानी परमेश्वरी उपासना, मकर (माघे) संक्रान्ति एक पर्व विशेष, माघशुक्ल पञ्चमी वसन्तपञ्चमी एवं सरस्वती जयन्ती, माघशुकल सप्तमी रथ (अचला) सप्तमी पर्व, महाशिवरात्री फाल्गुणकृष्ण चतुर्दशी, फाल्गुणशुक्ल पूर्णिमा (होली पूर्णिमा), हनुमान जयन्ती चैत्रशुक्ल पूर्णिमा, चैते दशैं (चैतशुक्ल अष्टमी), चैत्रशुक्ल नवमी रामनवमी र पञ्चायन देवपूजनको महिमा जस्ता शीर्षकका यी पर्वको गहन विश्लेषण र वास्तविकतालाई उजागर गर्नुभएको छ स्रष्टा पोखरेलले यस कृतिमार्फत ।

पुस्तकमा विभिन्न पृष्ठमा २६ वटा नीति वचन पनि समावेश गरिएको छ । २१० पेजको यस कृतिको प्रकाश निर्मला पोखरेल हुनुहुन्छ भने उष एजुकेसन हाउसमा मुद्रण गरिएको छ । उद्धवकुमार घिमिरे, विश्व स्वतन्त्र सञ्चार नयाँ बानेश्वर, काठमाडौं वितरक रहेको कृतिको मूल्य ३०० रुपैयाँ राखिएको छ । हाम्रो धर्म, संस्कृति संसकारलाई चिनाउने सबैजसो पर्व र तिनका ऐतिहासिक, पौराणिक र परम्परागत चिन्तनलाई पुस्तकमा बडो गहन ढंगले स्रष्टा पोखरेलले प्रस्तुत गर्नुभएको छ । उहाँले यस कृतिमा हाम्रा चाड पर्वको उपादेयता, मान्ने तरिका र पूजा-परम्परालाई पनि सरल र सहज शैलीमा राख्नुभएको छ । उहाँले यसमा आफ्नो अनुभव, ज्ञानशास्त्रीय दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।

हाम्रो पहिचान भनेको हाम्रो भाषा, साहित्य, कला संस्कृति र हाम्रो रीतिरिवाज हो । भोलिका पुस्तालाई यी हाम्रा धरोहर जस्ताका तस्तै सुम्पनु हाम्रो कतव्र्य हो । यस महान् कार्यमा आफूलाई संलग्न गराउनुभएका पोखरेल धन्यवादको पात्र हुनुहुन्छ । हाम्रो धरोहरको संरक्षण सम्बद्र्धन गर्ने यस महान् कार्यका लागि उहाँको स्रष्टा पोखरेलज्यूलाई नमन । उहाँका आगामी दिनमा यस्तै यस्तै अन्य कृति प्रकाशन हुँदै जाऊन् गीता कामना ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Surendra Thapa
Surendra Thapa
2022-06-25 11:48 am

हाम्रो पहिचान भनेको हाम्रो भाषा, साहित्य, कला संस्कृति र हाम्रो रीतिरिवाज हो । भोलिका पुस्तालाई यी हाम्रा धरोहर जस्ताका तस्तै सुम्पनु हाम्रो कतव्र्य हो ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?