पोखराका ठाउँठाउमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उहाँको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएकोले यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?