समय र जीवनमा जगत् ‘प्रेक्षित’

डा. गणेशप्रसाद घिमिरे
Read Time = 17 mins

कति प्यारो छ मान्छेलाई जीवन, जसलाई चुुँडेर लैजाने हो कि भन्ने भयले ऊ ‘काल’ शब्दको नाम पनि सुुन्न चाहँदैन । मलाई लाग्छ, समय महासागर हो र जीवन त्यसमा आउने छाल । समय टुुट्दैन, महासागर सुक्दैन तर छालहरू हराउन सक्छन्, जीवनहरू बिलाउन सक्छन्— ‘प्रेक्षित’

कस्तो मिहीन, गम्भीर तथा गहिरो भावले भरिएको अभिव्यक्ति जीवन र समयको । जीवनलाई लेखकले जसरी समुुद्रको छालसित तुलना गरे त्यो साह्रै जीवन्त अभिव्यक्ति बनेर आएको छ समय र जीवन निबन्धमा । निबन्धको लेखनमा विषयलाई प्राथमिकतामा राखिएको हुन्छ । विषयको प्रस्तुतिलाई जीवन्त पार्ने कला निबन्धकारमा हुनुुपर्दछ । विषयको गम्भीरता र भाषाको खिरिलोपनमा निबन्ध अभिव्यक्त हुनुुपर्दछ । यदि विषयको गम्भीरता र त्यसमा व्यक्त भएको भावलाई निबन्धकारले प्रष्ट्याउन सकेन भने निबन्धकार र निबन्ध सङ्ग्रह नै दुुर्घटनाको शिकार हुने सम्भावना प्रबल रहने गर्दछ । निबन्धकारका भावना र ऊभित्र विद्यमान रहेका विषयका तरङ्गले पाठकको मनलाई तान्न सक्नुुपर्दछ । त्यही नै असल निबन्धकार र निबन्ध सङ्ग्रहको सफलता मानिएको हुन्छ ।

कविताबाट साहित्यमा प्रवेश गरेका जगत् उपाध्यायको समय र जीवन निबन्ध सङ्ग्रहले नेपाली साहित्यको निबन्ध विधामा प्रवेश पाएको छ । विभिन्न समयमा लेखिएका निबन्धहरूको सङ्गालोमा चौधवटा निबन्धहरूलाई समावेश गरेका छन् उनले प्रस्तुत कृतिमा । समय आफैँमा बलवान् छ । समयको बिँडो थाम्न गरिएका प्रयास मानिसका लागि सदा निरर्थक छन् । मानिस आफैँमा समयसित पैठाजोरी खेल्छ । समयको गतिलाई उसले रोक्न पनि सक्दैन । समय रोकिँदैन र समयको प्रवाहमा सबै समाहित भएका हुन्छन् । समयको गहिरो मूल्याङ्कन मानिसले गर्न नसकेका कारण नै उसको जीवनका धेरै पाटाहरू अधुुरा रहेका हुन्छन् ।

कविताबाट साहित्यमा प्रवेश गरेका जगत् उपाध्यायको समय र जीवन निबन्ध सङ्ग्रहले नेपाली साहित्यको निबन्ध विधामा प्रवेश पाएको छ । विभिन्न समयमा लेखिएका निबन्धहरूको सङ्गालोमा चौधवटा निबन्धहरूलाई समावेश गरेका छन् उनले प्रस्तुत कृतिमा ।

समय र जीवनमा निबन्धकारले समयको महत्तालाई मात्र होइन जीवनमा आइपरेका विभिन्न विषयलाई समाहित गरेका छन् निबन्धका माध्यमबाट । समयलाई चिनेर गतिशील बन्नुु मानवीय कर्म हो । त्यही समयको गतिमा बग्न र समयको पहिचान गर्न आग्रह गरिएको छ यो निबन्ध सङ्ग्रहभित्रको प्रस्तुुत निबन्धमा। यो निबन्ध सङ्ग्रहभित्र जगत् उपाध्यायले विषयको विविधतालाई समेटेका छन् । उनको प्रस्तुुतनिबन्ध सङ्ग्रह विषयको विविधताले भरिएको छ ।

विषयगत विविधता :
विषयमा उनिएका र भावले भरिएको विधा हो निबन्ध । भावको गम्भीरता र त्यसमा अभिव्यक्त भएको शब्दको सौन्दर्यले पाठकलाई तान्न सक्नुुपर्दछ । पाठकको मनलाई आकर्षित गर्ने क्षमता उनका निबन्धहरूमा रहेको छ । समाजमा रहेका र समाजसित मितेरी गाँस्ने प्रायः सबै विषयलाई निबन्धकारले छोएका छन् । छोएका विषयमा गतिलो तरिकाले कलम चलाएका छन् उनले । हामी नेपाली जाति, धर्म, संस्कृति, भाषा र भुुगोलमा विविधताले युुक्त छौँ । हाम्रो यो विविधतामा आगो लगाउने काम भयो ।

हामी नेपालीभित्रको सद्भावलाई खल्बलाउने प्रयास नभएका होइनन् । तर हामी आफै सचेत बनेर सद्भालाई खल्बलाउन सक्दैनौ भन्ने जवाफ दिएको कुरालाई निबन्धकारले यहाँ अभिव्यक्त गरेका छन् । नेपाली समाजमा रहेर सामाजिक परिवेशमा बाँचेर आफूलाई उच्च ठान्ने मानवीय प्रवृत्तिको उछित्तो काढेका छन् निबन्धकारले ।

समाज, संस्कार, राजनीतिमा आफूलाई सर्वोपरि ठान्ने मानवीय स्वभाव, हाम्रा आस्था र विश्वास, शिक्षा, नेपाली माटोमा हुुर्केको सद्भावलाई विषयमा उन्न सक्ने क्षमता निबन्धकारमा सबल बनेर आएको छ । सुुशासनका लागि ल्याइएका व्यवस्था र ती व्यवस्थाभित्र मक्किएका धरोहरहरूलाई उनले निबन्धको विषय बनाएका छन् । वैश्विक महामारी कोरोनाबाट पीडित हुनुुपरेको यर्थार्थलाई गतिलो तरिकाले उनले निबन्धमा पस्केका छन् ।

कविताबाट साहित्य यात्रा आरम्भ गरेका जगतका निबन्धमा पनि कवितात्मक भाषाको झल्को पाठकले पाउने गरेका छन् । भाषा र शैलीमा निखारिएको यो उनको निबन्ध सङ्ग्रह पक्कै पनि प्रौढ साहित्यकारको अभिव्यक्ति बनेको छ । यो उनको साहित्यमा देखिएको साधनाको उपज बनेको छ ।

नेपालको राजनीतिले देखाएको अस्वस्थता र आफूलाई सर्वोपरि ठान्ने प्रवृत्तिलाई आत्मसात गर्ने जमातलाई सम्बोधन गर्दै निबन्धकार भन्छन् यहाँ संस्कारको कुरा गरेर स्वाभिमानमा बाँच्न खोज्नेहरूको के मूल्य छ र ? यहाँ त विद्रुुपता र कुुसंस्कारको स्तवन गरेर निर्वाकहरूका अगाडि अभिमान गर्नेहरूको मान छ, सान छ र अन्तिममा तिनीहरूकै गान पनि हुुन्छ । कस्तो गम्भीरता, कस्तो व्यङ्ग्य केसिकाएको हाम्रो राजनीति संस्कारले हामीलाई ? यो गम्भीरता मनन नगर्ने र चेपारेहरूका कुरा सुनेर आफूलाई सर्वोपरि ठान्ने प्रवृत्तिप्रतिको आक्रोश हो उनको यो ।

लेखक उपाध्याय नेपाल सरकारबाट विभिन्न समय र स्थानमा नियुुक्ति पाएका व्यक्ति हुन् । नियुुक्ति हुँदादेखि संस्थाको विकासलाई प्राथमिकतामा राख्ने उनलाई काम गर्दा अवरोध परेको कुरालाई पनि कताकता मीठो तरिकाले निबन्धमा पस्केका छन् । यो निबन्धकारमा देखिने खुुबी हो । समय र जीवन निबन्ध सङ्ग्रहभित्र निबन्धकारले विषयको विविधतालाई बाहिर ल्याएका छन् । विषयको विविधता र निबन्धकारका व्यक्तिगत अनुुभवलाई सजिलो र गतिलो तरिकाले पस्कन सक्नुु निबन्धकारमा देखापरेको साहित्यिक विशिष्टता हो ।

व्यङ्ग्यको प्रस्तुुति :
निबन्ध सरल तरिकाले व्यक्त हुनुुपर्दछ । सरलतामा पनि निबन्धकार व्यङ्ग्यका माध्यमबाट अभिव्यक्त हुन सक्नुुपर्दछ । त्यो खुुबीलाई गतिलो तरिकाले निर्वाह गरेका छन् जगत्ले यो निबन्ध सङ्ग्रहभित्र । आफूू त सोझो मान्छे, को चोर ? को साधुु ?, म वाद जिन्दावाद निबन्धहरूमा निबन्धकार प्रेक्षित गतिलो तवरबाट व्यङ्ग्यलाई लिएर उभिएका छन् । आफूलाई सोझो भन्ने मान्छे हमेशा अर्काको उन्नति देखिसहन्न । हाम्रो देशका राजनीतिकर्मीदेखि सबै व्यक्ति आफूले. पाएमा कसैलाई थाहा नदिएर चोर्न र खान सक्छन् भन्ने सन्दर्भलाई मिठो तरिकाले यहाँ राख्न सफल भएका छन् उनी ।

उच्च ओहदमा रहेका व्यक्ति, व्यापारमा संलग्न रहेका व्यापारी, राजनीति गर्दै गरेका राजनीतिज्ञ, पेशामा समर्पित भएका व्यक्तिभन्दा भिन्न हुुन्छन् । यदि हाम्रो देशको राजनीति गतिलो तरिकाले गतिशील हुन्थ्यो भने आज देशको यो अवस्था आउने थिएन भन्ने कुरालाई निबन्धकारले को चोर ? को साधु ? निबन्धमार्फत अभिव्यक्त गरेका छन् । निबन्धकार भन्छन् चोरलाई आफूप्रति पनि विश्वास हुुँदैन । साधुलाई दुुनियाँप्रति विश्वास हुन्छ । चोर क्षणिक स्वार्थपूूर्तिका लागि जसप्रति पनि घात गर्न सक्तछ । साधुु बृहत्तम समाजको परमार्थका लागि जसलाई पनि साथ दिन तयार हुुन्छ । कति मिठो. अभिव्यक्ति निबन्धकारको । यो अभिव्यक्तिमा नेपाली समाजको चित्र गतिलो तरिकाले बाहिर आएको छ । कस्तो व्यङ्ग्य आजको समाजमा देखिएको असत् प्रवृत्तिप्रति निबन्धकारको ।

समाज, व्यक्ति र जीवनमा आइपरेका मानवीय चेतनाप्रति लेखकको गतिलो झापड देखिएको छ । समाजको उन्नतिमा नलाग्ने र अरूको उन्नति पनि नचाहने प्रवृत्तिका मानिसले हाम्रो समाज भरिएको छ । यो समाजको आस्थालाई भत्काउन खोज्ने असत् वृत्ति, राजनीति तथा असत् मानिसलाई लेखकले गतिलो तरिकाले सिस्नोपानी लगाएका छन् । समाज, राष्ट्रको उन्नतिको माला जपिरहने तर व्यक्तिगत स्वार्थलाई प्रमुुखता दिने प्रवृत्ति नेपाली समाजमा जसरी हावी छ त्योप्रति लेखकको पूूर्ण असन्तोष देखिएको छ ।

नेपाली समाज र हाम्रो देशका सबै धरोहर तथा सद्भावलाई निमिट्यान्न पार्ने प्रवृत्ति हावी हुनुुले देश र देशमा विद्यमान संस्थाहरूको विकास नभएको हो भन्ने निष्कर्षलाई निबन्धकारले विभिन्न निबन्धमार्फत अभिव्यक्त गरेका छन् । आफूलाई गतिलो मान्ने र अरुलाई होच्याउने प्रवृत्तिका मानिसको बोलबाला रहेको नेपालमा सोझा, इमानदार र कर्तव्यपरायण मानिसको उन्नति नहुने कुरालाई निबन्धकारले देखाएका छन् । सबै निबन्धमा व्यङ्ग्यको अनुुभूति पाठकले नपाए पनि कतिपय निबन्धमा गतिला लाक्षणिक र व्यङ्ग्यको प्रस्तुुति भेट्न सकिन्छ । यो निबन्धकार उपाध्यायमा देखापरेको साहित्यिक खुुबी हो ।

भाषिक मिठास :
निबन्धको भाषा सहज र सरल हुुनु्ु आवश्यक मानिन्छ । प्रेक्षितको समय र जीवन निबन्ध सङ्ग्रहमा उनले माझिएको, खारिएको र निखारिएको भाषा प्रयोग गरेका छन् । कुनै पनि गम्भीर कुरालाई सहज तरिकाले व्यक्त गर्न सक्ने खुुबी निबन्धकारमा देखिएको छ । सरल, सहज र ससाना वाक्यको सुुगठनपन उनको विशेषता नै बनेर आएको छ । उनका हरेक निबन्धका वाक्यहरू सरल तरिकाबाट आएका छन् ।

न्याय दर्शनका प्राध्यापक भए पनि साहित्यमा चाहिने भाषालाई उनले यहाँ राखेका छन् । कतिपय संस्कृतका सूक्तिहरूले निबन्धको भाषामा मिठास थपेका छन् । प्रौढ भाषाका पक्षपाती देखिएका छैनन् प्रेक्षित यहाँ । भाषामा आएको निखारले उनलाई र उनको प्रस्तु्त कृतिलेनेपाली निबन्धमा नयाँपन थपेको देखिन्छ ।

निबन्धका हरेक विषय हृदयसंवेद्य हुनुु अनिवार्य मानिन्छ । उनले प्रयोग गरेको भाषा र शैलीले पाठकलाई समाउन सकेको छ । पाठकको मनलाई समातेर नेपाली जनजीवनमा देखिएको साँचो चित्रलाई यहाँ लेखकले राखेका छन् । कतिपय निबन्ध लेखकको व्यक्तिगत जीवनसित सम्बन्धित भए पनि व्यक्तिवृत्तको बडप्पन निबन्धमा देखिएको छैन । भाषामा आएको मिठास र उनमा देखिएको शैलीले निबन्ध सङ्ग्रह विछट्टै राम्रो बनेको छ ।

कविताबाट साहित्य यात्रा आरम्भ गरेका उनका निबन्धमा पनि कवितात्मक भाषाको झल्को पाठकले पाउने गरेका छन् । भाषा र शैलीमा निखारिएको यो उनको निबन्ध सङ्ग्रह पक्कै पनि प्रौढ साहित्यकारको अभिव्यक्ति बनेको छ । यो उनको साहित्यमा देखिएको साधनाको उपज बनेको छ । विभिन्न प्रशासनिक पदमा रहेर पनि साहित्यका साधक बनेका उनको भाषिक कला सारै खारिएर आएको छ ।

चौधओटा निबन्धहरूको सङ्गालोका रूपमा आएको समय र जीवन समाजको चित्र हो । नेपाली समाज र राजनीतिमा देखिएको गलत प्रवृत्तिलाई उदाङ्गो पार्ने कृति हो । भाइचाराले सजिएको नेपाली समाजलाई भताभुुङ्ग पार्न खोज्ने प्रवृत्तिलाई समाप्त पार्ने आधार हो । सँगै रहेर आफन्त र राम्रा बनेर भित्रभित्रै खुुट्ट तान्ने प्रवृत्तिलाई बाहिर ल्याउने कृति हो । जगत् उपाध्यायका केही व्यक्तिगत जीवनमा घटेका घटनाको इतिवृत्त हो ।

उनको यो कृतिले नेपाली समाज, संस्कृति, परम्परा,नेपाली मान्यता र त्यसमा अभिव्यक्त भएको मान्यतालाई जीवन्तरूपमा प्रस्तुुत गरेको छ । निबन्ध सङ्ग्रहभित्र आएको विषयको विविधतालाई हेर्दा निबन्धकारको अनुुभवले खारिएको र साहित्यमा आफूलाई गतिलो तरिकाले उभ्याउन सफल भएको निबन्ध सङ्ग्रह मान्नुुपर्ने देखिन्छ । नेपाली निबन्धका क्षेत्रमा आएको यो समय र जीवन निबन्ध सङ्ग्रह व्यक्तिगत, सामाजिक, दार्शनिक चेतनाले भरिएको कृतिका रूपमा पढ्नै पर्ने निबन्ध सङ्ग्रहका रूपमा आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?