रुखको गोलियाले किचेर पाँचथरमा एक युवकको मृत्यु

Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरमा रुखको गोलियाले किचेर शनिबार एक युवकको मृत्यु भएको छ ।

मत्यु हुनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बे रहेका छन् ।

गोलिया पल्टाउने क्रममा गोलियाले किचेर शनिबार विहान ९ बजेको समयमा गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक गोलियाले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घटनालाई सुरक्षित गरी उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?