देवदह-तिलोत्तमा-मोतिपुर-लुम्बिनी सडकखण्डको तिनाउ नदी पुल गृहमन्त्री खाँडद्धारा उद्घाटन

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले देवदह-तिलोत्तमा-मोतिपुर-लुम्बिनी सडकखण्डको तिनाउ नदी पुल उद्घाटन गर्नुभएको छ । उहाँले तीन वर्षमा सम्पन्न गर्नुपर्ने पुललाई विश्वविद्यालय निर्माण गरे जति समय लागेको बताउनु भयो ।

तिनाउ नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुलको प्रशंसा गर्दै मन्त्री खाँणले वेल सिंकिङ प्रविधिमा निर्माण सुरु भएको पुल आधाआधीमै कंक्रिटको ढलान भेटिएपछि डिजाइन बदल्नु परेकाले लामो समय रोकिएर निर्माण गरिएको वताउनुभयो ।

उहाँले देश विकासमा भूमिका खेल्ने पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढेको वताउनु भयो । गृहमन्त्री खाँडले सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका काममा जनता र सम्बन्धित निकायले साथ दिनुपर्ने वताउँदै भन्नुभयो, ‘यो पुल देशकै अनुपम उदाहरण र नमुना पुल बनेको छ,’ यसको अध्ययन र डिजाइन परिवर्तनको छलफलले लामो समय लिँदा काम रोक्नुपर्यो ।’

पुलको अध्ययन तथा छलफलका क्रममा आफूले ओभरसेयर सरहको ज्ञान हाँसिल गरेको भन्दै अन्य स्थान तथा निर्माण व्यावसायिक लागि पनि तिनाउ नदी पुल सिकाइको पक्ष बनेको उहाँको भनाइ थियो ।

एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण ठेक्का लिएको पुलको आधा भागमा ढुंगा भेटिएपछि कसैले निर्माण पूरा गर्न नसक्ने खाँणले वताउनुभयो । गृहमन्त्री खाँणले तिलोत्तमा हुँदै मोतीपुर हिँड्ने मानिसलाई पुलले सहज बनाए पनि सुरक्षाका दृष्टिकोणले खतरा हुन सक्ने भएकाले तत्कालै प्रहरी बिट राखी सुरक्षा दिन लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाई निर्देशनसमेत दिनु भएको छ ।

हाललाई सामान्य तरिकाले बारेर बिट बनाउने र काम सुरु गरिहाल्ने भन्दै पुल निर्माण भएको वारिको तिलोत्तमा नगरपालिका र पारिको बुटवल उपमहानगरपालिकामध्ये एकले प्रहरीका लागि दुई कोठे आवास तथा शौचालय निर्माण गरी सहयोग गर्न आग्रह गर्नु भयो ।

पुल निर्माण सम्पन्न मिति यही असार २५ गतेका लागि तोकिएको थियो । २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाई तथा १८५ मिटर लामो रहेको डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले वताउनुभयो ।

कुल १३ करोड ८३ लाख १५ हजार ३७८ रुपैयाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९०७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा पूल निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?