बैदेशिक रोजगारको प्रभाव : कुर्थाकी नेहाको निधनमा आरोप-प्रत्यारोप

Read Time = 3 mins

-पुरन साह

जनकपुरधाम । जनकपुरधामको वडा नं. २१ कुर्था निवासी नेहा देवीको निधन प्रति परिवारजनले आशंका जनाएका छन् ।

आइतवार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहाको उपचारका लागि जनकपुरधाम स्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महोतरीको गौशाला माइती रहेको उनको हत्या गरिएको हुन सक्ने उनका माइती पक्षको आरोप छ । उनका दाइ महोतरी गौशाला २ विजय कुमार साहले हत्या भएको दावी गर्दै यस घटनाको छानविन गर्न माग गर्नुभएको छ ।

अस्पतालमै भेटेका मृतकको श्रीमानको भने बेग्लै पीडा छ । उनका श्रीमान जनकपुरधाम वडा नं. २१ कुर्था बस्ने विष्णुदेव साहले करिव चार वर्षको बैदेशिक रोजगार पछि आफु गत चैतमा घर आएको र नेहा आफुसँग नबस्ने भन्दै दैनिक घरमा तनाव र झैझगडा गर्ने गरेको बताउनु भयो । उहाँले आफुसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा केही दिन अघि मात्र नेहाको पेटमा बच्चा रहेको सुन्दा आफुलाई आश्चर्य समेत लागेको बताउनु भयो ।

स्वयम आफनो सबै समस्या र पीडा सासु, ससुरा र जेठान सबैलाई सुनाएको भएपनि कसैले कुनै सुनुवाई नगरेको नेहालाई उनका अभिभावकले माइती गौशाला लगेर गत शुक्रबार नै कुुर्था ल्याइ पुरयाएको साहको भनाइ छ । आफु माथि गलत आरोप लगाइरहेको उहाँले दावी गर्नुभएको छ ।

यता नेहाको दाइले भने पेटमा रहेको बच्चा कस्को हो भन्ने पत्ता लगाउन प्रहरीलाई आग्रह गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताउनु भएको छ । धनुषा प्रहरीले नेहाको अस्पताल ल्याउनु अगावै मृत्यु भइसकेको घटनाको छानविन भइरहेको जनाएको छ । शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याउने तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?