मन्त्री आलेद्वारा राजीनामा घोषणा: काम गर्दा शक्ति केन्द्रको दबाब र प्रभावलाई बेवास्ता गरेको दाबी

Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिनुभएको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेको बताउँदै उहाँले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध आफ्नो खबरदारी निरन्तर रहने बताउनु भयो ।

'म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु', आइतबार आयोजित पत्रकार सम्मेलनमा आलेले भन्नभयो ।

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उहाँले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताउनु भयो । उहाँले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताउनु भयो । जनताले आफ्नो काममको समीक्षा गर्ने उहाँको भनाइ थियो । उहाँले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताउनु भयो । 'पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे', उहाँले भन्नुभयो ।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उहाँको दाबी थियो ।

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि पार्टीमा बिबाद देखिएको थियो । यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउनु भएकाे थियाे । तर आलेसहितका ६ जनाले फिर्ता लिनुभएकाे थियाे। उहाँहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आउनु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?