पद्मा नदीमा ६. १५ किलोमिटर लामो पुल

Read Time = 2 mins

ढाका । बंगलादेशको पद्मा नदीमाथि ६.१५ किलोमिटर लामो पुल निर्माण भएको छ । यो बंगलादेशकै लामो पुल हो । पुलको प्रधानमन्त्री शेख हसिनाले शनिबार पुलको उद्घाटन गर्नुभएको हो ।

यो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिण-पश्चिम क्षेत्रसँग जोड्ने छ । ३.८६ अर्ब अमेरिकी डलर खर्चेर बनाइएको पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ । धेरै समयको विवाद र भ्रष्टाचारका आरोपहरू लागेपछि यो पुल निर्माणमा संलग्न दातृ संस्थाहरू बाहिरिएका थिए । पछि बंगलादेश सरकारले पुल आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो । पुल बनाउने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।

शनिबार पुलको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताउनुभयो । उहाँले केही मानिसले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको जिकिर गर्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?