इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द

Read Time = 4 mins

-प्रकाश नेपाल
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा यतिबेला हवाई उडान ठप्प छ ।

पूर्व प्रधानमन्त्री र पूर्वसभामुखको गृहजिल्लामा रहेको यो बिमानस्थल निकै तामझामका साथ परीक्षण उडान गरी विमानस्थल पूर्ण रुपमा निर्माण नहुँदै उद्घाटन भएको थियो । उद्घाटन भए लगत्तै इलाम नगरपालिकाले तारा एयरसँग इलाम काठमाडौ हवाई उडानका लागि सम्झौता गरी उडान सुरु गर्यो तर अहिले सम्झौता गरे अनुसारको समय पनि सकियो जहाज पनि आउनै छाड्यो ।

योसँंगै आगामी दिनमा यस बिमानस्थल बाट निममित उडान के हुन्छ भन्ने अन्यौल बढ्दै गएकोे छ । इलाम नगरपालिकाले तारा एयरसंग सम्झौता गरेपछि गएको फाल्गुन ११ गतेबाट सातामा दुई दिन काठमाडौ–इलाम हबाई उडान हुँदै आएको थियो । तर करिब एक महिना यता यो विमानस्थल सुनसान बनेको छ । फागुन १ गते पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा धावनमार्गको उद्घाटन गर्नुभएको थियो । २०६७ सालमा विमानस्थलको शिलान्यास पनि पूर्वप्रधानमन्त्री खनालले नै गर्नुभएको थियो । यो विमानस्थल निर्माणका लागि जिल्लाबासीबाट १ हजार देखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो । शिलान्यास भएको ११ बर्षपछि सुरु भएको उडान बन्द भएपछि नियमित उडानका लागि पहल गर्नुपर्ने आवाज जिल्लाबासीले उठाउन थालेका छन् ।

इलाम नगरपालिकाले ११ जना यात्रुको टिकट ग्यारेण्टि गरेपछि मात्र तारा एयरले उडान गर्न इच्छा देखाएको थियो । हरेक उडानमा ११ जना यात्रु नपुगेमा अपुग यात्रुको भाडा नगरले बेहोर्ने सम्झौता भएको थियो । तर अहिले उक्त सम्झौता सकिएकाले यो बिमानस्थललाई नियमित संचालनका लागि पहल भईरहेको इलाम नगरपालिकाका प्रमुख केदार थापा बताउनुहुन्छ ।

३ सय २८ रोपनी क्षेत्रफलमा रहेको विमानस्थल निर्माणमा ३१ घरपरिवारलाई जग्गाको मुआव्जा बापत २ करोड २५ लाख रुपैंयाँ वितरण भएको थियो । विमानस्थलमा घेराबारादेखि टर्मिलन भवन,यात्रु प्रतिक्षालय लगायतका संरचना बन्न बाँकी नै छ । पूर्वी पहाडी जिल्लाका नागरिक सहित भारतका पर्यटकहरुलाई लक्षित गरेर निमाण गरिएको यो बिकानस्थलमा करोडौ रुपैयाँ खर्च भइसकेको छ र अझै पनि राज्यले विमानस्थल निर्माण सम्पन्न गर्न ठुलो रकम खर्चिनुपर्ने देखिन्छ । विमानस्थल पूर्णरुपमा निर्माण सम्पन्न भएपनि उडानको सुनिश्तिता भने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?