‘अल न्यु स्कर्पियो-एन’ को अनावरण

Read Time = 3 mins

काठमाडौं । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्राले सोमबार नेपालमा आफ्नो बहुप्रतिक्षित एसयुभी, ‘अल न्यु स्कर्पियो–एन’ को अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविस्कारको संयोजन रहेको अल न्यु स्कार्पियो-एनले महिन्द्राको प्रामाणिक एसयुभी डिएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार अल न्यु स्कार्पियो एनलाई यसको प्रभावशाली उपस्थिति, हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी-सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको छ । इटालीको पिनिन फेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो, मुम्बईमा डिजाइन गरिएको र अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर र चेन्नईमा विशेषज्ञ टिमद्वारा इन्जिनियरिङ गरिएको बताइएको छ ।

कार्यक्रममा कम्पनीका अटोमोटिभ डिभिजन अध्यक्ष विजय नाकराले भन्नुभयो, ‘भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल न्यु स्कार्पियो एन एकैसाथ अनावरण गर्न पाउँदा हामी हर्षित छौँ । अल न्यु स्कार्पियो एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयुभीको शृंखलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयुभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिस्कृत र प्रामाणिक एसयुभीको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ ।’

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भन्नुभयो, ‘अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कायम छ र स्कार्पियोको नयाँ अवतारका साथ ग्राहकलाई खुसी पार्न तत्पर छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?