प्रधानमन्त्रीद्धारा बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको हो ।

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाउनुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?