पोखरामा पर्यटकको रोपाईं महोत्सव (फोटोफिचर)

Read Time = 5 mins

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
असार १५ लाई नेपालीहरुले विशेष रुपमा मनाउने गरेका छन् । बालबालिकादेखि उच्चपदस्थ व्यक्ति समेत आजको दिन हिलोमा पस्ने प्रचलन छन् । यसैगरी नेपाल भ्रमणमा रहेका विदेशी पर्यटक समेतले आज असार १५ रमाइलो गरी मनाएका थिए ।

आज पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको थियाे ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

तस्वीरमा हेर्नुहोस्:-

 

 

 

 

 

हिलोमा रमाउँदै विदेशी पर्यटक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?