ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार १६ गते बिहीबार, ई.सं.-३० जुन, २०२२ । तिथि- आषाढ शुक्लपक्ष प्रतिपदा, ९ः०६ बजे उप्रान्त द्वितीया, नक्षत्र- पुनर्वसु, योग- ध्रुव, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१३, सूर्यास्तः १९ः०२ ।
मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।
वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।
सिंह : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।
धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच