एनआइसी एसियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च व्याजदरसहितको नवीनतम् ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । आकर्षक योजना व्यक्तिगत, संस्थागत एव रेमिट्यान्स ग्राहक लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । हाललाई छोटो अवधिसम्म लागू हुने योजनामा निक्षेपकर्ताले पाँच वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बताइएको छ ।

निक्षेपकर्ताले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने बैंकले जनाएको छ । यसअघि बैंकको पाँच वर्षसम्म कुल ८४ लाखसम्मको बिमा सुनिश्चित गर्ने अतुलनीय फाइदासँगै सर्वाधिक उच्च व्याजदर, तीन बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो ।

आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्मरूपले अध्ययन तथा विश्लेषण गरी बैंकका निक्षेप योजनालाई सोहीअनुरूप निरन्तररूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने रणनीतिअनुसार नयाँ ग्राहक योजना ल्याएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?