लण्डन । इजिप्टका फरवार्ड मोहमद सलाह र सेनेगलका फरवार्ड साडियो अफ्रिकन प्लेयर अफ द इयर अवार्डको मनोनयनमा पर्नुभएको छ । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) सार्वजनिक गरेको मनोनयनको सूचीमा सलाह र माने अटाउनुभएको हो । अर्वाडका लागि सलाह र मानेसँगै ३० जना खेलाडी मनोनयनमा परेका छन् ।
सलाह इंग्लिस क्लब लिभरपुलबाट खेलिरहनुभएको छ । माने भने हालै लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुनुभएको छ । अफ्रीका कप नेसन्समा सलाह र मानेको टोलीले फाइनल खेल्नुभएको थियो । सेनेगलले फाइनलमा इजिप्टलाई हराएर उपाधि जितेको थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको