वैज्ञानिकहरूले फेला पारे ‘जोम्बी स्टार’

Read Time = 2 mins

न्युयोर्क । खगोलविद्हरूले सुपरनोभा विस्फोटपछि पनि जीवित रहेको ताराका बारेमा थाहा पाएका छन् । विस्फोटपछि उक्त तारा अहिले पहिलेको तुलनामा उज्यालो भएको छ । जब ग्याँस र धुलोको बादलबीच कुनै तारा विस्फोट हुन्छ, त्यो झन् धेरै उज्यालो हुन्छ । यो घटनालाई सुपरनोभा भनिन्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हबल स्पेस टेलिस्कोपले यो तारा पत्ता लगाएको हो । यो सेतो तारा हो । यसलाई सुपरनोभा विस्फोटमा आफैँलाई नष्ट गर्ने ताराको अवशेष रहेको पनि भनिन्छ ।

एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित अध्ययनका प्रमुख लेखक र क्यालिफोर्नियाको लस कम्ब्रेस अब्जर्भेटरीका वरिष्ठ खगोलविद् कर्टिस म्याककुलीले सेतो बौना तारा एनजिसी १३०९ नामक स्पाइरल ग्यालेक्सीमा रहेको बताउनुभयो ।

यो हाम्रो ग्यालेक्सीको लगभग तीन चौथाइ छ । यो तारा पृथ्वीबाट १०८ मिलियन प्रकाश वर्षको दूरीमा अवस्थित छ । विस्फोटको आकार, संरचना र शक्तिमा आधारित सुपरनोभाका धेरै प्रकार हुन्छन् ।

विस्फोटमा ताराहरू नष्ट हुँदैनन् तर तिनीहरूले अवशेष छाड्छन् । वैज्ञानिकहरूले यी ताराहरूलाई जोम्बी स्टार भनेका छन् । वैज्ञानिकहरूले अहिलेसम्म यस प्रकारका करिब ५० सुपरनोभा पत्ता लगाएका छन् तर जीवित सेतो बौना ‘जोम्बी स्टार’ पहिलोपटक पहिचान गरिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?