नेपाल-चीन व्यापार सहजीकरणमा जोड

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग भेट गरी दुई देशबीचको व्यापार सहजीकरणका लागि आग्रह गरेको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत् नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तु निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला स्थापना गरिनुपर्ने, ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल-चीन व्यापार सहजीकरणका लागि क्रियाशील बनाउनुपर्ने, नेपाल चीनबीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्च आयातकर्ताले बेहोर्नु परेकाले व्यावसायिक लागत अत्यधिकरूपले बढ्ने उहाँले बताउनुभयो ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको आर्थिक र कूटनीतिक सम्बन्ध उच्चस्तरमा पुर्‍याउन अधिकतम् पहल गर्ने आवश्वास दिनुभएको चेम्बरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?